कांग्रेस महाधिवेशन प्रतिनिधिमा शिक्षकका चितवन अध्यक्ष र प्रदेश सांसद नै पराजित
चितवन। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि निर्वाचन भइरहेको छ । सोमबार साँझ मतदान सकिए पनि मतगणना जारी छ ।
जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन् । एउटा क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउँछन् । चितवन प्रतिनिधिसभा २ र ३ मा भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुला र महिलातर्फको मतपरीणाम सार्वजनिक भएको छ ।
२ र ३ मा खुला र महिलातर्फ गरी एउटा क्षेत्रमा १४ निर्वाचित भएका छन्, अन्य ११ जनाका लागि मतगणना भइरहेको छ ।
२ को महाधिवेशन प्रतिनिधि निर्वाचनमा खुलातर्फका उम्मेदवार कांग्रेस निकट शिक्षक संघ चितवनका अध्यक्ष हरि कँडेल पराजित भएका छन्। खुलामा १० जना निर्वाचित हुन पाउने व्यवस्था रहेकोमा उनी १० जनाभित्र पर्न सकेनन् ।
महिलातर्फ उम्मेदवारी दिएकी बागमती प्रदेश समानुपातिक सांसद गीता वाग्ले पराजित भएकी छन् । महाधिवेशन प्रतिनिधिमा कँडेल र वाग्ले पराजित भएको क्षेत्र नम्बर २ का कांग्रेसका निर्वाचन अधिकृत श्रीराम सापकोटाले जानकारी दिए।
महाधिवेशन प्रतिनिधिको लागि महिलातर्फ चार जना मात्रै निर्वाचित हुन पाउने व्यवस्था छ। यस क्षेत्रमा भने ११ जनाले उम्मेदवारी दिएका थिए। मिना खरेल, विनु पौडेल रायमाझी, गीता गुरुङ र निरु कार्की महिला प्रतिनिधिमा निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि
खुलातर्फ
१) उत्तम जोशी, २) जीतनारायण श्रेष्ठ, ३) टंक पौडेल, ४) राजेश्वर खनाल, ५) केशव महर्जन, ६) मिलनबाबु श्रेष्ठ, ७) राज कुमार राजभण्डारी, ८) देवेन्द्र गुरुङ, ९) इश्वरी लौडारी, १०) प्रकाश अधिकारी
महिलातर्फ
१) मीना खरेल, २) विनु पौडेल रायमाझी, ३) गीता गुरुङ, ४) निरु कार्की
३ बाट महाधिवेशन प्रतिनिधि
खुलातर्फ
१) सूर्यकान्त घिमिरे, २) शंकरप्रसाद कँडेल, ३) टेकप्रसाद गुरुङ, ४) दिनेश कोइराला, ५) कैलाश कोइराला, ६) रामकृष्ण घिमिरे, ७) विजय शर्मा भुसाल, ८) भरत गुरुङ, ९) उमेश श्रेष्ठ, १०) चन्द्रध्वज गुरुङ
महिलातर्फ
१) गीता गुरुङ, २) शारदा गुरुङ, ३) अन्जनी श्रेष्ठ, ४) सविता बराल
No ads found for this position


डिसी नेपाल
Facebook Comment