आजबाट सबै किसिमका मुद्दाको पेसी चढाइयो, १० इजलासमा ५९३ मुद्दा

डिसी नेपाल
७ मंसिर २०७८ १२:३६
260
Shares

काठमाडौं। न्यायाधीशको बहिस्कार र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेका बेला मंगलबार भने सबै किसिमको मुद्दाको पेसी चढाइएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेक १० वटा इजलास गठन गरेका छन्। मंगलबार पनि आफूलाई इजलास नतोकेका जबराले ५९२ मुद्दाको पेसी चढाएका हुन्।

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधानलाई राजपत्रमा प्रकाशित गरिएको भोलिपल्ट मंगलबार सबै किसिमको मुद्दाको सुनुवाइ हुन लागेको हो। सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश इजलास बहिस्कार गरेर आन्दोलनमा उत्रिएका थिए भने नेपाल बार एसोसिएसन अहिले जबराको राजीनामा मागेर आन्दोलनमै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.