एमाले स्थायी कमिटी बैठक जारी, यस्ता छन् छलफलका पाँच एजेन्डा
काठमाडौं। एमाले स्थायी कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेकाे छ। एमालेले १०औं महाधिवेशनको पूर्वसन्ध्यामा महाधिवेशनसम्बन्धी विभिन्न निर्णय लिनुपर्ने भएको स्थायी कमिटी बैठक बोलाएको हो । सोमबार नै बैठक बोलाइए पनि मंगलबारका लागि सारिएको हो।
एमाले सचिव योगेश भट्टराईले बैठकमा पाँचवटा एजेन्डा रहेको बताएका छन्। उनका अनुसार आजको स्थायी कमिटी बैठकमा महाधिवेशन व्यवस्थापन, उदघाटन र बन्दसत्रका कार्यक्रम, प्रतिनिधि छनोटको अवस्था, महाधिवेशन प्रतिनिधि छनोट (५ प्रतिशत) र निर्वाचन आयोगका बारेमा छलफल हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment