बैंकले हप्तामा तीन दिन विदा दिने घोषणा, पारिश्रमिक नघटाइने तर कामको समय घटाइने
Mark Mullen, chief executive officer of Atom Bank Plc, speaks at the Confederation of British Industry (CBI) annual conference in London, U.K., on Monday, Nov. 21, 2016. The U.K.'s main corporate lobby is urging the government to clarify what happens on the day after Brexit, seeking to ensure that business isn't left dangling if the country is unable to strike new trade deals before it leaves the European Union. Photographer: Jason Alden/Bloomberg
काठमाडौं। बेलायतको एक बैंकले आफ्ना कर्मचारीलाई हप्तामा तीन दिन विदा दिने घोषणा गरेको छ । यसवापत बैंकले पारिश्रमिकमा कुनै कटौती गर्ने छैन । यस किसिमको कदम उठाउने यो बेलायतको अहिलेसम्मकै सबैभन्दा ठूलो कम्पनी भएको बताइएको छ । एटम बैंकले मंगलबार आफ्ना ४३० कर्मचारीहरुको लागि हप्ताभरीमा काम गर्ने घण्टा पनि घटाएर ३४ घण्टा कायम गरिएको बताएको छ ।
कम्पनीका धेरैजसो कर्मचारी सोमबारदेखि वा शुक्रबारदेखि विदामा हुनेछन् । बैंकले यो नीति नोभेम्बर १ देखि लागू गरेको हो । यसलाई बैंकका कर्मचारीको मानसिक र शारीरिक स्वास्थ्य र उत्पादनशीलतालाई ध्यानमा राख्दै लागू गरिएको छ । कम्पनीका धेरैजसो कर्मचारी कम्पनीको नयाँ वर्क विक पोलिसी अन्तर्गत काम गरिरहेका छन् । बैंकका सीइओ मार्क मुलेनले आफ्नो बयानमा भनेका छन् ‘४ दिन काम गर्ने नीतिले हाम्रा कर्मचारीलाई उत्साहका साथ काम गर्ने अवसर दिनेछ । उनीहरुले परिवारलाई पर्याप्त समय दिन पाउनेछन् । यसबाट उनीहरुको निजी जीवन र व्यवसायिक जीवनमा तालमेल बन्नेछ ।’







डिसी नेपाल







Facebook Comment