गणकको लापरबाहीले सर्वसाधारण जनगणनाबाट वञ्चित

डिसी नेपाल
१० मंसिर २०७८ १५:२९
32
Shares

सप्तरी ।राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

धेरै परिवार जनगणनाबाट वञ्चित रहेको राजविराज ४ का सुरेश मुखियाले बताए। उनले भने,’गणक नआइदिनाले अहिले पनि हाम्रो छिमेकीहरू जनगणनामा सहभागी हुन पाएका छैनन्।’

जनगणना कार्यालय सप्तरीका प्रमुख सञ्जय चौधरीले गणकहरू पटकपटक स्थानीयको घरमा जाँदा पनि कोही नभेटिएकाले त्यस्तो भएको बताए।
उनले भने, ‘छुटेको छ भन्दै सम्पर्कमा आएकाहरूको अहिले पनि गणकलाई पठाएर जनगणना गर्दै आएका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.