प्रधानसेनापति शर्माद्वारा बाहिनीको निरीक्षण
काठमाडौँ ।प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीको निरीक्षण गरेका छन् । मध्यकमाण्ड अन्तर्गतका हिमाली र उच्च पहाडी इलाकामा अवस्थित युनिटको भ्रमणको सिलसिलामा प्रधानसेनापति शर्माले आज खैरेनीटारस्थित बाहिनीको निरीक्षण गरेका हुन् ।
सो क्रममा प्रधानसेनापति शर्माले बाहिनीमा तैनाथी फौजको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको कार्यान्वयनसम्बन्धी प्रगति तथा सामूहिक तालिम सञ्चालनको अवस्थालगायत विषयमा जानकारी लिएका छन् । साथै शर्माले सकलदर्जालाई सम्बोधनसमेत गरेका थिए।
प्रधानसेनापति शर्माले तीन दिनदेखि मध्यकमाण्ड हेडक्वाटरअन्तर्गतका विभिन्न युनिटको निरीक्षण गरेका नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment