सुरक्षा गार्डको हत्यामा संलग्न दुई आरोपी पक्राउ

डिसी नेपाल
१६ मंसिर २०७८ २०:३०
100
Shares

काठमाडौं । सुरक्षा गार्डको हत्यामा संलग्न दुई आरोपी प्रहरीको फन्दामा परेका छन्। एक महिना अघि दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

सहकारीको सुरक्षामा रहेका सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो । सो हत्यामा संलग्न भएको आरोपमा कार्कीद्वयलाई पक्राउ गरेको व्यूरोका प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए । उनका अनुसार मृतका खड्काको शव कार्तिक ११ मा सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा स्थित जंगलमा फेला परेको थियो ।

प्रहरीका अनुसार बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरी सहकारीमा रहेको १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटेर भागेका थिए । प्रहरीका अनुसार सुरक्षा गार्डलाई फकाएर नजिकैको जंगलमा लगी हत्या गरेका थिए । खड्काको टाउको र निधारमा चोट लागेको अवस्थामा शव फेला परेको थियो ।

उनको हत्यापछि कार्कीद्वयले सहकारीका भएको रकम लिएर काठमाडौ आएका थिए । काठमाडौ आएपछि उनीहरु मुस्ताङ घुम्न गएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *