नेपालमा ‘जवाद’ चक्रवादको असर सामान्य

डिसी नेपाल
१८ मंसिर २०७८ १७:५३
112
Shares

काठमाडौँ ।बंगालको खाडीको मध्य पश्चिम भू-भागमा गए राति विकसित भएको ‘जवाद’ नामक सामुद्रिक चक्रवातले मौसम बदली र वर्षा गराएको छ । सो चक्रवात शनिबार बिहान भारतको ओडिसाको तटिय क्षेत्रमा पुगेको र तत्पश्चात उत्तर उत्तर पूर्वतर्फ सर्ने क्रममा रहेको छ ।

यसका कारण नेपालमा खासै ठूला प्रभावपर्ने सम्भावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार रातिबाट प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भाष्हका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आगामी सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने पनि महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ । सो पश्चिमी न्यून चापीय प्रणलीको प्रभावले आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । ती प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.