स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउ

डिसी नेपाल
१९ मंसिर २०७८ १६:१७
76
Shares

काठमाडौं।नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले रु ६९ लाख ५० हजार नगदसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा उक्त रकमसहित खनाललाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका खनालसँग प्रहरीले रु एक हजार दरका १०० वटा भएको ४९ बण्डल, रु ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ । पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाएको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *