केपी ओलीलाई हामीले बुटी खुवाइदियौंः लोसपा नेता शुक्ल
काठमाडौं। लोकतान्त्रिक समावादी (लोसपा) का नेता सर्बेन्द्रनाथ शुक्लले आफ्नो पार्टीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटी ख्वाएका कारण संविधान संशोधन गर्न तयार भएको बताएका छन्।
केपी ओलीलाई कुनै बेला मधेस बिरोधि देख्ने मधेस केन्द्रीत दलले के कारणले ओलीजीलाई मधेसवादी देख्यो? भन्ने प्रश्नमा डिसी नेपालको नुनचिनि कार्यक्रममा बोल्दै नेता शुक्लले शेरबहादुर देउवा,पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्न नसकेको काम ओली नेतृत्वको सरकारले आंशिक रुपमा भएपनि मधेसको माग सम्वोधन गरेको र आफूहरुले बुटी खुवाएको बताएका छन्।
‘देउवाजी र प्रचण्डजीले गर्न नसकेको काम हामीले उहाँलाई आंशिकरुपमा भएपनि कार्यान्वयन गरायौँ।त्यसकारण बुटीको मतलव ओलीजीलाई ‘कन्भिन्स’ गराउनु हो।उनले भने, ‘हाम्रा माग सबै पूरा हुन त सकेनन्।तर सयौँको संख्यामा हाम्रो पार्टीका आन्दोलनकारीहरु जेलमा रहेका कार्यकर्ता त हामीले छुटाउन सफल भएको हो नि।?’
उनका अनुसार केपी ओली सरकारले जेलमा रहेका र मुद्दामा तारिख धाइराखेका सबै कार्यकर्ताको मुद्दा फिर्ता भएको छ।त्यसपछाडि पहिलो पल्ट संविधान संशोधन गर्नुपर्छ भन्ने रुपमा एमाले पार्टीगत रुपमा पनि र ओलीजीको सरकारको मन्त्रिपरिषदले पनि निर्णय गरेका कारण मधेस आन्दोलनको माग आंशिक रुपमा भएपनि कार्यान्वयन भएको उनले बताए।







डिसी नेपाल








Facebook Comment