तास खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ

डिसी नेपाल
२१ मंसिर २०७८ १४:३९

काठमाडौं । प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेको छ । सोमबार साँझ  गोकर्णेश्‍वर नगरपालिका ८ माकालबारीमा किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथ लगायत ७ जनालाई  पक्राउ गरेको हो  ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार २ सय २० रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *