‘हिंसा गर्नु र सहनु अपराध हो’

डिसी नेपाल
२१ मंसिर २०७८ १९:०२
16
Shares

सप्तरी ।लैंगिक हिंसाविरूद्ध १६ दिने अभियानअन्तर्गत १३औं दिन मंगलबार अध्यक्षता जिल्लाबार इकाई सप्तरीले राजदेवी माविका विद्यार्थीहरूलाई लैंगिक हिंसामा पाइने कानुनी प्रावधानका विषयमा एक दिने कार्यक्रमको आयोजना गरेको छ ।

प्रादेशिक कानुनी सेवा केन्द्र सप्तरी प्रतिनिधि अधिवक्ता किरण साहले हिंसा सहनु र हिंसा गर्नु दुवै अपराध रहेको बताएकी छन् । उनले हिंसा गर्न घरबाटै बन्द गर्नुपर्ने बताएकी छन् । साहले बालबालिकाको अधिकार, हिंसामा परेकाका लागि भएको कानुनी प्रावधान, निस्शुल्क न्यायका लागि जानुपर्ने स्थानहरूको विषयमा जानकारी गराइन्।

इन्सेक प्रतिनिधि मनोहर पोखरेलले १६ दिने लैंगिक हिंसाविरूद्धको अभियान मनाउनुपर्ने उद्देश्यको विषमा जानकारी गराए । कार्यक्रममा अधिवक्ता मनु खनालले हिंसा, हिंसाको किसिमको विषयमा जानकारी गराउँदै शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य हिंसाको विषयमा विस्तृत रूपमा विद्यार्थीहरूलाई जानकारी गराएकी थिइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *