भीरबाट लडेर एक जनाको मृत्यु

डिसी नेपाल
२३ मंसिर २०७८ २२:०८
108
Shares

काठमाडौं।मुगुमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालि १३ का दानसिंह विकको भीरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार मृतक विकका दाजु पनि सँगै थिए । उनीहरू दुवै जनाले मदिरा सेवन गरेर घर फर्कने क्रममा भीर बाट लडेर भाइ दानसिंहको मृत्यु भएको र दाजु सामान्य घाइते भएको मुगुका डीएसपी सुवास हमालले बताए ।

घाइतेको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरू बाटोबाट करिब ५० देखि ६० मिटर तलसम्म भीरमा खसेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.