‘स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ’

डिसी नेपाल
२४ मंसिर २०७८ १७:३०
64
Shares

काठमाडौं ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताएका छन्। गृह जिल्ला सङ्खुवासभा आएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताए।

सदरमुकाम खाँदबारीमा आज पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताए । राज्यको खर्च कम गराउन देशैभर एकै एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिसेको बताए ।

राजनीतिक अनुकुलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने आयुक्त थपलियाको भनाइ छ । निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *