माओवादी केन्द्रको प्रदेश सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने
फाइल तस्वीर
काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले आज (शनिवार) एकसाथ प्रदेश सम्मेलन गर्दै छ। पार्टीका सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन लागेको हो। प्रवास कमिटीको भने अधिवेशन मिति तय भएको छैन।
अधिवेशनलाई दिउँसो एक बजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ। सातबटा प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरी माओवादीका १० वटा प्रदेशस्तरीय संरचना छ।
प्रदेशमा नौ जना अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी चयन हुनेछन्। माओवादीले ११ मंसिरमा पालिका सम्मेलन गरिसकेको छ भने ११ देखि १३ पुसमा काठमााडाैंमा राष्ट्रिय सम्मेलन तय भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment