फोनिज म्याग्दीमा राम्जाली

डिसी नेपाल
२५ मंसिर २०७८ १९:०९
36
Shares

काठमाडौं।नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) म्याग्दीको अध्यक्षमा साधन राम्जाली चयन भएका छन् । बेनीमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट राम्जालीको अध्यक्षतामा फोनिजको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्बुजा र सहसचिवमा मनु थापामगर चयन भएका छन् । सदस्यहरूमा सुदर्शनकुमार श्रेष्ठ, दिपा बुढाथोकी, लिलकुमारी पुर्जा, थबहादुर पुन, प्रदेश प्रतिनिधिमा सुरेन गुरुङ र केन्द्रीय प्रतिनिधिमा हिरामोती जुग्जाली चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाले संविधानले आदिवासी जनजातिहरूलाई दिएको अधिकार र सुविधा प्रयोग गर्न सक्षम जनशक्ति तयार हुनुपर्ने बताए ।

समावेशी व्यवस्थाको उपभोग गरेर आदिवासी जनजातिहरू विकासको मूल धारमा पुग्न अग्रसर बन्नुपर्ने बताए। नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले पत्रकारिताप्रति आकर्षण बढाउन, टिकाउन र क्षमता विकासमा जोड दिए । प्रेस चौतारी म्याग्दीका संयोजक प्रताप बानियाँ र प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष पदम विश्वकर्माले पत्रकारिताको विकास र प्रवद्र्धनका लागि सम्बद्ध सबै सङ्गठनहरूको सहकार्य आवश्यकता रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.