८८.७० अंकले घट्यो नेप्से, परिसूचक २३६१.२७ बिन्दुमा
काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक ८८.७० अङ्कले घटेर २ हजार ३६१.२७ विन्दुमा पुगेको हो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १५.१५ अङ्कले घटेर ४५०.०८ मा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ३८ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आइतबार सबै भन्दा बढी कारोबार मन्जुश्री फाइनान्सको भएको छ। यस कम्पनीको १९ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यसपछि क्रमश : नेसनल हाइड्रोपावर कम्पनी र नबिल बैंकको कारोबार भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूह राताम्मे भएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment