संविधान संशोधनबारे कांग्रेसको दृष्टिकोण सार्वजनिक गर्न विशेष कार्यक्रम आयोजना हुँदै
ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा पार्टीको आधिकारिक दृष्टिकोण सार्वजनिक गर्ने उद्देश्यका साथ विशेष अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ।
‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक उक्त कार्यक्रम भोलि सानेपास्थित पार्टी कार्यालयमा आयोजना हुन लागेको हो।
नेपाली कांग्रेसअन्तर्गतको ‘संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समिति’ को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा पार्टीका सभापति गगनकुमार थापाको प्रमुख उपस्थिति रहनेछ। पछिल्लो समय मुलुकमा संविधान संशोधनको बहसले चर्चा पाइरहेका बेला कांग्रेसले यस विषयमा आफ्नो औपचारिक धारणा स्पष्ट पार्न लागेको हो।
कार्यक्रममा संविधान संशोधनका विभिन्न आयाम, आवश्यकताबारे विज्ञ र नेताहरूबीच विस्तृत छलफल हुने बताइएको छ। भोलि अपरान्ह २:०० बजेबाट सुरु हुने उक्त कार्यक्रममा सरोकारवाला, बुद्धिजीवी तथा पार्टीका नेता-कार्यकर्ताहरूको गरिमामय उपस्थितिका लागि आयोजक समितिले हार्दिक अनुरोध गरेको छ।






डिसी नेपाल





Facebook Comment