एमाले कार्यविभाजनः ओली र पोखरेललाई समग्र पार्टी, बादललाई राष्ट्रिय सुरक्षा
काठमाडौं । नेकपा (एमाले)ले पदाधिकारीहरुको कार्यविभाजन गरेको छ । आइतबार भक्तपुरस्थित गट्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन गरेको हो ।
केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्युरो र स्थायी कमिटी चयन गरेको आजको बैठकले नेताहरुको कार्य विभाजन गरेको हो । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको कार्यविभाजन तोकिएको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।
यस्तो छ पदाधिकारीको कार्यविभाजन
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलः नीति अनुसन्धान प्रतिष्ठान
उपाध्यक्ष युवराज ज्ञवालीः स्थानीय तह प्रदेश र संघ
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यः राजनीतिक समन्वय
उपाध्यक्ष रामबहादुर थापा बादलः राष्ट्रिय सुरक्षा
उपाध्यक्ष विष्णु पौडेलः पार्टी संगठन अनुगमन
उपाध्यक्ष सुवास नेम्वाङः संसदीय अनुगमन
उपाध्यक्ष सुरेन्द्र पाण्डेः राजकीय मामिला
महासचिव शंकर पोखरेलः समग्र पार्टी
प्रदीप ज्ञवालीः स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङः प्रचार विभाग
विष्णु रिमालः आर्थिक लेखा लगायत
योगेश भट्टराईः स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख
भीष्म अधिकारीः कार्यालय सचिव
खगराज अधिकारीः संगठन विभाग
No ads found for this position


डिसी नेपाल
Facebook Comment