रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने
काठमाडौं। नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन्। १३४ पदका लागि आज चुनाव हुँदैछ। तर, लामाे समय संस्थापन इतर खेमाकाे नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने भएका छन्।
पाैडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पनि यसकाे पुष्टि गरे। पाैडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए। उनी पनि सभापतिका आकांक्षी थिए। तर सहमति जुटन् नसकेपछि पाैडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए नै मतदानमा नै सहभागी नहुने घाेषणा गरे।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्। पौडेल रुष्ट भएपछि देउवा उनकाे निवास पुगेका थिए। देउवालाई आफूलाई सहयाेग गर्न वा अरुहरुकाे पक्षमा नखुल्न आग्रह गरेका थिए ।देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment