छिमेक लघुवित्तले बोलायो पुस २३ गते वार्षिक साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्थाको २० औँ वार्षिक साधारण सभा पुस २३ गते हुने भएको छ । सभा मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु हुने संस्थाले जनाएको छ ।
सभामा संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। यसका साथै संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।
संस्थाले सभाको लागि पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस ८ गतेसम्म कायम सेयरधनीले मात्र संस्थाले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न सक्नेछन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment