शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा मंसिर २९ गते
काठमाडौं। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न मंसिर २९ गते बुधबार वार्षिक साधारण सभा गर्ने भएको छ । सभा महाराजा रिसोर्ट, बुटवल रुपन्देहीमा बिहान ११ बजे सुरु हुने भएको छ ।
सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १०.९३ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न शुन्य दसमलब ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ। साथै, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा–नोक्सान हिसाब पारित गर्ने र लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुने भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment