आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न सयपत्री हाइड्रोपावरले बोलायो साधारण सभा
काठमाडौं। सयपत्री हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न पुस २३ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय चावहिल काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले स्थानीय र सर्वसाधारणको लागि ९ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ। साथै, आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भएको छ । यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने एजेन्डा पनि रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment