आँधिखोला लघुवित्तले गर्यो २० प्रतिशत लाभांश दिने घोषणा

डिसी नेपाल
२७ मंसिर २०७८ ११:२४
56
Shares

काठमाडौं। आँधिखोला लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको १४२औँ बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संस्थाले प्रस्ताव गरेको लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरिसके पछि मात्र सेयरधनीहरुलाई वितरण गरिने छ  । हाल आँधिखोलाको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.