तेह्रथुम पावर कम्पनीले डाक्यो चौथो वार्षिक साधारण सभा

डिसी नेपाल
२७ मंसिर २०७८ १३:३३
48
Shares
काठमाडौं। तेह्रथुम पावर कम्पनीको चौथो वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । सभा होटल हार्दिक, बगबजार काठमाडौंमा विहान ९ बजेदेखि सुरु हुने भएको छ ।
सभाले रिक्त सञ्चालक समिति सदस्यको निर्वाचन, मनोनयन, सञ्चालक समितिको लागि निर्वाचन अधिकृतको चयन गर्ने एजेन्डा छ । आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यस्तै, कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले पुस ५ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ४ गतेसम्म कायम सेयरधनीहरु मात्र कम्पनीको साधारण सभामा सहभागिता हुन सक्ने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.