एनएमबिको भिडियो केवाईसी मार्फत खाता खोलेर कारोबार गर्दा २५ सयसम्म छुट
काठमाडाैं । ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत् अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सकिने योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ओम्नि च्यानल (मोबाईल, ईन्टरनेट बैंकिङ्ग) मार्फत गरिने पहिलो कारोवार जस्तै दैनिक उपभोग्य बस्तु खरिद, बिद्यायलको शुल्क, टप अप लगायतमा २,५०० रुपैयाँ वा १० प्रतिशत सम्म छुट हुने बैंकले जानकारी दिएको छ ।
केही समय अघि एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरुदेखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो ।
एनएमबि बैंक नेपालको मात्र होइन एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भइसकेकाे छ । यसभन्दा अघि बैंकले २०१७, २०१८, २०२० मा पनि फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।







डिसी नेपाल








Facebook Comment