७९.२३ अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ७९.२३ अङ्कले घटेर २ हजार २८२.०० विन्दुमा पुगेको हो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १२.४७ अङ्कले घटेर ४३७.५९ मा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३३ कम्पनीको ९६ लाख ७९ हजार ०७२ कित्ता शेयर खरिद बिक्री भएको छ । जस अनुसार कारोबार रकम ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार सबै भन्दा बढी कारोबार नबिल बैंकको भएको छ। यस कम्पनीको १८ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यसपछि क्रमश : नेसनल हाइड्रोपावर कम्पनी र हिमालयन डिस्टिलरीको कारोबार भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूह राताम्मे भएका छन् ।







डिसी नेपाल








Facebook Comment