बीमा समितिले ४२ करोड लागतमा भवन बनाउने
काठमाडौं । बीमा समितिको कार्यालय भवन करिब ४२ करोड रुपैयाँमा बन्ने भएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको कार्यालय कुपन्डोलमा भवनको शिलान्याश गरेका हुन् ।
समितिको नयाँ भवन ललितपुर-१० कुपोण्डोलमा निर्माण हुन लागेको हो। समितिले १० रोपनी क्षेत्रफलमा ४१ करोड ९२ लाख ४७ हजार ९५२ रुपैयाँ लागतमा उक्त भवन बनाउन लागेको हो ।
नेपाल इन्जिनियरीङ अध्ययन संस्थानले डिजाइन गरेको नयाँ भवनको निर्माण कार्य विकास तथा भवन विभागले गर्ने भएको छ । आठ तले उक्त भवनको दुई तला जमीनमुनि रहने छ । ग्राउण्ड फ्लोरमामा मोटर पार्किङको व्यवस्था रहने समितिले बताएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment