सभापतिमा दाेस्राे चरणकाे चुनाव हुने भएपछि प्रकाशमानलाई भेट्न पुगे बालकृष्ण खाँण

डिसी नेपाल
२८ मंसिर २०७८ ९:२२
860
Shares

काठमाडाैं। नेपाली कांग्रेसकाे २४औँ महाधिवेशनमा सभापति पदकाे नतिजामा शेरबहादुर देउवाले बहमुत पुर्‍याउन नसकेपछि उनका निकटस्थ नेता बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न चाकस्सीबारी पुगेका छन्।

सभापतिका लागि पहिलाे चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर काेइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाँण सिंहलाई भेट्न पुगेका हुन्। सिंह पनि सभापतिकाे दाैडमा थिए। तर, उनी पहिलाे चरणबाट बाहिरिएका छन्।

खाँण देउवा प्यानलबाट उपसभापतिका उम्मेदवार हुन्। सभापतिबाहेक पदाधिकारीकाे मतगणना बाँकी रहेकाे छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.