माओवादी केन्द्र महोत्तरीको अधिवेशन : कतै विवाद, कतै सर्वसम्मत

डिसी नेपाल
२८ मंसिर २०७८ १०:३३
40
Shares

महोत्तरी। नेकपा माओवादी केन्द्र महोत्तरीको पालिका र वडा अधिवेशन अझै सम्पन्न हुन सकेको छैन। कतै आका‌ंक्षीहरूबीच विवाद त कतै टोलभेला तथा सेल कमिटी नै नबनेको कारण अधिवेशन समपन्न हुन नसकेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ।

जिल्लाका १५ पालिकामध्ये सम्सी गाउँपालिका, सोनामा गाउँपालिका अधिवेशन नै भएको छैन भने बर्दिबास नगरपालिकामा अन्य पदाधिकारी चयन भए पनि संयोजक चयन हुन अझै बाँकी छ।

बाँकी पालिकाका वडाहरूमा टोल भेला तथा सेल कमिटी नबनेको कारण अधिवेशन हुन नसकेको नेताहरूले दावी गरे पनि विवाद सतहमा नै देखिएको छ। बर्दिबास नगरपालिकामा दुई नेताहरूको आफ्ना उम्मेदवार बनाउनु पर्ने अडान कै कारण संयोजक टुंगिन नसकेको हो।

माओबादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडका र पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा पाटीका स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलको कारण संयोजक टुंगिन नसकेको नेताहरू बताउँछन्।

सम्सीमा पनि उस्तै विवाद छ। विवाद सावधान गर्नका लागी स्थानीयस्तरमा प्रभावशाली नेता रजी हैदरले सहजीकरण गर्ने प्रयास गरे पनि निष्कर्षमा पुग्न सकेकाे छैन। लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धा हुने भएत पनि हाम्रो पाटीले सबैजसो पालिकामा निर्विरोध पदाधिकारी चयन गरेको छ र बाँकी ठाउँमा पनि सर्वसम्मतवाट अधिवेशन सम्पन्न हुन्छ´, इन्चार्ज राजु खड्काले भने।

गाउँपालिकामा ५५ पदाधिकारी र नगरपालिकामा ६७ पदाधिकारी चयन गर्न पाउने माओवादी केन्द्रको प्रावधान छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *