लोकतन्त्रलाई सुढृढ बनाउन पार्टी बलियो हुनुपर्छः सभापति देउवा
फाइल
काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताएका छन्।पार्टीको १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिको सम्मानमा आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आयोजित चियापान कार्यक्रममा उनले प्रजातन्त्र बलियो बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताएका छन् ।
“पार्टीभित्रको निर्वाचनमा हारजित हुन्छ, प्रजातन्त्र र पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्छ,” उनले भने । उनले पार्टीभित्र अनुशासन र सम्मान गर्ने परम्पार कामय राख्नुपर्नेमा जोड दिएका छन् ।सभापति देउवाले आफूहरु सँगसँगै लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष र जेलजीवन बिताएको प्रसंग उल्लेख गर्दै महान् नेताले बोलाएको चियापानमा आउन पाउदा आफूलाई भाग्यमानी ठानेको बताएका छन्।







डिसी नेपाल







Facebook Comment