निधिलाई भेट्न देउवा पुगे निवास, मागे सहयोग

डिसी नेपाल
२८ मंसिर २०७८ ११:४५
556
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता विमलेन्द्र निधिलाई भेट्न उनको निवास पुगेका छन्।

केही समयअघि मात्रै दुवै नेताबीच भेट भएको हो। कांग्रेस सभापतिको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानको तयारी भइरहेको छ । दोस्रो चरणको मतदानमा आफूलाई सहयोग माग्न देउवा निधि भेट्न उनको निवास पुगेका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । यसअघि नै देउवा सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंह निवास चाक्सीबारी पुगेर उनको समर्थन हासिल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.