कांग्रेस महाधिवेशनः सभापति चयनका लागि पुनः मतदान दिउँसो ३ः३० बजेदेखि

डिसी नेपाल
२८ मंसिर २०७८ १३:०१
44
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा पुनः मतदान हुने भएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुँदैछ । मतदान राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा हुने छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। सभापति पदको मतगणना आज विहान सम्पन्न भएको थियो । सभापतिमा शेरबहादुर देउवा र डा.शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.