संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने
काठमाडौं। नेकपा (माओवादी केन्द्र(ले संघीय संसदको अवरोध हटाउन विशेष पहल गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसदमा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि पहल गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको थिएन । बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसामयिक राजनीतिक अवस्था र संघीय संसदको बैठकमा पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकाको बारेमा निर्देशन दिएका थिए ।
अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा अध्यक्ष दाहालले संघीय संसदको बैठकमा प्रभावकारी भूमिका खेल्न र जनताको पक्षमा दह्रोसँग उभिन निर्देशन दिएका छन् । यस्तै बैठकले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा गोपी अछामीलाई चयन गरेको छ । त्यस्तै, सचेतकमा गंगा बेल्वासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।







डिसी नेपाल







Facebook Comment