संसदमा एमालेको नाराबाजी, बाहिर एमसीसीकाे विराेधमा प्रदर्शन

डिसी नेपाल
२८ मंसिर २०७८ १४:२०
288
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरेका छन्। राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरिरहेका छन्।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ। संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।  मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरूले नाराबाजी गरेका हुन्।

संसद् बाहिर भने अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसीकाे विराेधमा प्रदर्शन गरेका छन् । एमसीसी संसदबाट पारित नगर्न भन्दै माओवादी केन्द्र निकट कार्यकर्ताले विराेध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.