विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने महिला पत्रकार पक्राउ
काठमाडौँ। विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने एक महिला पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एन्जिना कार्की रहेकी छिन् ।
महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले मंसिर २२ गते बसन्तपुरबाट एक लाख नगदसहित कार्कीलाई पक्राउ गरेको हो। बिशालबजार,काठमाडौँस्थित जनसेवा प्रहरीले ठगी मुद्दामा उनलाई समातेर सोह्रखुट्टे प्रहरी वृत्तलाई बुझाएको हो ।
कार्कीमाथि सहकारीलगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको आरोप छ । कार्कीलाई हिरासतमा राखिएपछि थप अनुसन्धान भइ रहेको छ । एन्जिना केही समय अगाडिसम्म भारतको जीटीभीसङ्ग सम्बध्द थिइन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment