बसको ठक्करबाट ६० वर्षीया वृद्धाको मृत्यु
जनकपुर। जनकपुरधामस्थित नयाँ बसपार्कमा बसले ठक्कर दिँदा ६० वर्षीया वृद्धाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार बिहान महोत्तरीको जलेश्वरबाट जनकपुरधाम आइरहेको ना ३ ख २६१० नम्बरको बसले ठक्कर दिँदा ६० वर्षीया वृद्धाको मृत्यु भएको हो ।
जलेश्वरबाट आएको सो बस जनकपुरधामस्थित बसपार्कमा छिर्न लागेका बेला सोही बसबाट ओर्लिएकी वृद्धा अचानक बसको अगाडि आएकोले चालकले नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए ।
मृतक वृद्धाको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । बस चालक जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी बस्ने ३३ वर्षीय मो. फिरोज नदाफलाई नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment