हङकङको सपिङ सेन्टरमा भीषण आगलागी
हङकङ। हङकङको सपिङ सेन्टरमा भीषण आगलागी भएको छ। आगलागी हुँदा ३ सयभन्दा बढि मानिस सपिङ सेन्टर भित्रै फसेका छन् ।
हङकङको वल्र्ड ट्रेड सेन्टरको भवनमा बुधवार भीषण आगलागी हुँदा ३ सयभन्दा बढि मानिसहरु फसेका हुन् । आगलागी ३८ तले भवनमा मध्यान्ह १२:२७ बजे भएको हो ।
विद्युतीय तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
सो भवनमा फसेकाहरुको उद्धार कार्य जारी रहेको र हालसम्म करिब १५० को उद्धार गरिएको जनाइएको छ । आगलागीबाट चारजना घाइते भएको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment