गगन थापा महामन्त्री हुने लगभग पक्का, दोस्रोमा तीब्र प्रतिस्पर्धा

डिसी नेपाल
१ पुष २०७८ १२:१४
2.7k
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट गगन थापा महामन्त्री पदमा निर्वाचित हुने लगभग पक्का भएको छ। प्रारम्भिक मतगणनादेखि अग्रता लिएका थापाको हालसम्म गणना भएको ९ सय मतमा सर्वाधिक मतका अग्रस्थानमा कायमै रहेका छन्।

यसरी प्रारम्भिक मतको परिणामलेपनि थापाको जित सुनिश्चित रहेको अनुमान लगाउन सकिन्छ। दोस्रो मतका साथ महामन्त्री कसले बाजी मार्छ भनेर अहिले भन्ने अवस्था छैन। गगनपछि दोस्रो स्थानमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र डा.प्रकाशशरण महतबीच तीब्र प्रतिस्पर्धा देखिएको छ।

कांग्रेसको विधानमा २ जना महामन्त्री निर्वाचित हुने प्रावधान रहेको छ। यसरी २ महामन्त्रीका लागि ६ जनाको उम्मेदारी रहेको थियो। तर कांग्रेसका युवा नेताहरु गगन,विश्वप्रकाश,प्रदीप तीनै नेता एउटै पदमा उम्मेदवार भएपछि यो परिणामलाई चासोका साथ हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *