जापानको एक भवनमा आगलागी, २७ जनाको मृत्यु भएको आशंका
टोक्यो : जापानको ओसाका सहरमा रहेको एउटा व्यापारिक भवनमा आगलागी भएको छ। उक्त आगलागीमा परि कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ। साथै, आगलागीबाट २८ जना घाइते भएका छन् ।
उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढन सक्ने माइनीची सिन्बुनमा समाचार छ। ओशाकास्थित ८ तले भवनमा शुक्रबार आगलागी भएको हो ।
भवनको चौथो तल्लामा रहेको मानसिक मेडिकल क्लिनिकबाट आगो लागेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जापान प्रहरीलाई उदृत गर्दै समाचार छापिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment