कांग्रेस सहमहामन्त्रीमा पाण्डेको अग्रता कायमै
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सहमहामन्त्री तर्फको मतगणना शुक्रबार बिहानबाट जारी भएको छ। पिछडिएको क्षेत्रअन्तर्गत १६११ मत गणना हुँदा ७९४ मत लिएर बद्री पाण्डेले अग्रता लिइरहेका छन्।अर्का उम्मेदवार जीवनबहादुर शाहीले ७२९ मत ल्याएर पछ्याइरहेका छन्।
पाण्डे कोइराला समूहबाट उम्मेदावार बनेका हुन्।शाही देउवा समूहका उम्मेदवार हुन्।यसअघि सार्वजानिक भएको परिमाणमा जनजाती तर्फबाट भिष्मराज आङ्दाम्बे,महिला तर्फबाट डिना उपाध्याय र दलित तर्फबाट जीवन परियार विजयी भइसकेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment