कांग्रेस सहमहामन्त्रीमा पाण्डे र शाहीबीच कस्ले मार्ला बाजी ? (अपडेट)
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सहमहामन्त्री तर्फको मतगणना शुक्रबार बिहानबाट जारी भएको छ। पिछडिएको क्षेत्र अन्तर्गत १८११ मत गणना हुँदा ८८२ मतका साथ बद्री पाण्डेले अग्रता लिइरहेका छन्।अर्का उम्मेदवार जीवनबहादुर शाहीले ८२९ मत ल्याएर पछ्याइरहेका छन्।
पाण्डे कोइराला समूहबाट उम्मेदावार बनेका हुन्।शाही देउवा समूहका उम्मेदवार हुन्।यसअघि सार्वजानिक भएको परिमाणमा जनजाती तर्फबाट भिष्मराज आङ्दाम्बे,महिला तर्फबाट डिना उपाध्याय र दलित तर्फबाट जीवन परियार विजयी भइसकेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment