घाँटी रेटेर युवकको हत्या

डिसी नेपाल
३ पुष २०७८ १८:१०
88
Shares

काठमाडौं ।कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ ।

हत्या हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन् । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

हत्या कस्ले र किन गर्‍यो भन्ने जानकारी नभए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा प्रहरीले तालिक प्राप्त कुकुरको पनि प्रयोग गर्ने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.