लमजुङमा नगदसहित आठ जुवाडे पक्राउ

डिसी नेपाल
३ पुष २०७८ १८:१३
100
Shares

काठमाडौं ।जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बेसीशहर नगरपालिका ७ भिमसेनस्थानस्थित सुरेश श्रेष्ठको घरमा शुक्रबार राति साढे ९ बजे हार जितको बाजी राखी जुवा खेल्दै गरेको अवस्थामा घरधनी श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्सपेक्टर जगदीश रेग्मीका अनुसार प्रहरीले उनीहरूको साथबाट नगद दुई लाख १९ हजार दुई सय ५० रुपैयाँसहित १६ थान कौडासमेत बरामद गरेको छ ।पक्राउ पर्नेमा बेसीशहर नगरपालिकाका चार जना, सुन्दरबाजर नगरपालिकाका एक जना, मस्र्याङ्दी गाउँपालिकाका एक जना, तनहुँका एक जना र काभ्रेका एक जना रहेका छन् ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.