अवैध सुनसहित बंगलादेशी नागरिक पक्राउ
सांकेतिक तस्वीर
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको करीब ३३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बंगलादेशी नागरिक ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन्।
हिमालयन एयरलाइन्सको उडानबाट दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्याण्ड ब्यागेज जाँच गर्दा २३३ ग्राम सुनको बिस्कुट २ थान र १०० ग्रामको चेनरोल एक थानसहित पक्राउ गरेको हो ।
उनीमाथि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment