मंगलबार १ बजे संसद् बैठक, यस्तो छ सम्भावित कार्यसूची

डिसी नेपाल
५ पुष २०७८ १८:४२
284
Shares

काठमाडौं । प्रतिनिधिसभाको दसौं अधिवेशनको दोस्रो बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । मंगलबारको बैठकमा प्रस्तुत हुने चार ओटा कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *