इन्द्रेणी कप्लेक्समा आगलागीबाट साढे तीन करोडको क्षति

डिसी नेपाल
५ पुष २०७८ १९:२७
492
Shares

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैठौँ तलामा रहेको ‘फिटनेश एण्ड स्पा सेन्टर’मा आज आगलागी भएको छ । आगलागीबाट रु तीन करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीअनुसार इन्भर्टरबाट विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आएको र आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

आगो निभाउन काठमाडौँ, ललितपुर र भक्तपुरका पाँच दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.