खुला महिला केन्द्रीय सदस्यमा नौ जना निर्वाचित

डिसी नेपाल
५ पुष २०७८ २१:२२
652
Shares

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) मतगणना सकिएको छ । सोमबार साँझ सकिएको मतगणनामा महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्य निर्वाचित भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले निर्वाचित हुनेमा डा. डिला पन्त संग्रौलाले २८ सय २५, पुष्पा भुसालले २७ सय १८ र डा. आरजु राणा देउवाले २५ सय ३५ मत प्राप्त गरेको जानकारी दिए।

यसैगरी अम्बिका बस्नेतले २३ सय ३९, ईश्वरी न्यौपानेले २२ सय ५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइरलाले १८ सय ५८, सुशीला ढकालले १८ सय १४ र रंगमती शाहीले १७ सय ८९ मत प्राप्त गरेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.