हेटौंडामा तीन जना चढेको स्कुटर दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
६ पुष २०७८ १२:१९
64
Shares

मकवानपुर । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१६ सिपाली चोकमा हटियाबाट चौघडातर्फ जाँदै गरेको स्कुटर पल्टिँदा २५ वर्षीय सुमन बयलकोटी मृत्यु भएको हो।

सोमबार राति १० बजे तिर भएको दुर्घटनामा परेर दुई जना घाइते भएका छन्। हटियाबाट चौघडातर्फ जाँदै गरेको तीन जना चढेको अनटेष्ट लेखिएको स्कुटर पल्टिँदा बीचमा रहेका बयलकोटी मृत्यु भएको प्रहरीले बताए । बयलकोटीको उपचारका क्रममा हेटौंडा अस्पतालमा गएराती नै मृत्यु भएको हो ।

स्कुटर चालक र पछाडी चढेका एक जना गरी दुई जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.