सुनको सिक्री लुटेर भाग्न खोज्ने तीन जना पक्राउ
पूर्वी नवलपरासी। सुनको सिक्री लुटेर भाग्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। नवलपरासीको गैंडाकोटको अमरापुरीस्थित पसलमा बसिरहेकी अनिता श्रेष्ठले लगाएको सुनको सिक्री लुटेर भग्न खोज्नेका स्थानीय आशीष सुनार, सुस्ताका सन्जय गुरुङ र रुपौलियाका रामबहादुर क्षेत्री पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार सुन लुटेर भाग्दै गर्दा स्थानीयले घेरा हालेर उनीहरूलाई सोमबार राति समातेका थिए । उनीहरुबाट जर्मनीमा बनेको एउटा नयाँ रिभल्बर र ४ राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरू पेशेवर लुटेरा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूबाट एउटा मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ । हतियार कसरी उनीहरूको हातमा परेको हो भनेरबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment